सुनील शर्मा रिहा, स्वागत गर्न पुगे दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा. सुनील शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।

अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि कांग्रेसका सांसद डा. सुनील कुमार शर्मालाई रिहा गरिएको सिआईबीका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा ब्यूरोले उनलाई बिहीबार पक्राउ गरेको थियो ।

थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन् । शर्मालाई दुर्गा प्रसाईँ र शर्माका परिवारका सदस्यले जिम्मा लिएका छन् ।

अनुसन्धान अधिकृतले उनलाई बयान गराउने लगायतका अनुसन्धान थुना बाहिर राखेर गर्न सक्ने कानूनी व्यवस्था छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले शर्मालाई थुनामा नराख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो ।

शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अरु भने रिहा भएका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।