रिहा भएपछि सुनिल शर्माको प्रतिक्रिया : राष्ट्रनायक केपी ओलीलाई भेट्दैछु

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्री सुन तस्करको संरक्षक भएको पुनः दोहोर्‍यायाएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि शुक्रबार साँझ सीआईबीले छाडे लगतै उनले सञ्चारकर्मी र शुभेच्छुक माझ आफ्नो पुरानो अडान कायम रहेको बताएका हुन् ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शैक्षिक प्रमाण पत्र किर्तेको आरोप लगाउँदै बिहीबार काठमाडौँको गल्फुटारबाट पक्राउ गरेको थियो । तर जिल्ला अदालतले थुनामा राख्नु पर्ने अवस्था नदेखिएको ठहर गर्दा प्रहरी भोलिपल्टै रिहा गर्न बाध्य भएको हो। रिहाइपछि उनले अहिलेको सत्ता समीकरण नै परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । यो गठबन्धनले कांग्रेसका नेतालाई एकएक गरी सिद्ध्याउन थालेको बताए। उनले अब गठबन्धनमा पुनर्विचार गर्न माग गरे।

रिहापछि सुनिल शर्माको सम्बोधन :-
भगवानरुपी न्यायाधीशहरुलाई धन्यवाद दिन चाहन्छु। विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले वर्षौंसम्म जेलमा बसेर जे चिजका लागि लड्नु भएको थियो प्रजातन्त्रको एउटा आत्मा भनेको न्यायालय पनि हो। आज मैले न्याय पाएको छु।

न्यायालयले मलाई न्याय दिएको छ। धेरै मान्छेहरूले अझै न्याय पाउन बाँकी छ। अरू मान्छेले पनि न्याय पाउनुपर्छ। मीनबहादुर गुरुङ जस्तामान्छे कस्टडीमा छन्। उनीहरूले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ।
बालकृष्ण खाँणले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ, किनभने उहाँ भगौडा होइन।

सुन तस्करहरूका संरक्षकहरू अहिलेका गृहमन्त्री र अहिलेका अर्थमन्त्रीको राजीनामाको मागसहित मैले जुन अनशनको घोषणा गरेको थिएँ, त्यो अनशनलाई बिगार्नका निम्ति र त्यसलाई तोडमोड गर्नका निम्ति मलाई पक्राउ गरिएको थियो। यो ३० वर्ष पुरानो फायल खोलेर तेस्रो पटक मलाई पक्राउ गरिएको हो।

यसबीचमा मेरो पक्षमा उभिएका हाम्रो पार्टीका र विपक्षी दलका नेतालाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले संसद्मा पक्ष र विपक्ष छैन भन्ने कुरा आज प्रमाणित भएको छ।
विपक्षी साथीहरूले मेरो रिहाइको पक्षमा मेरो एजेन्डाको पक्षमा आवाज बुलन्द गरिदिनु भयो म सबै पार्टीका सांसद, पार्टीका नेताहरूलाई धन्यवाद दिन चाहन्छु।

यस्तै म हिरासतमा भएको बेला मलाई धेरै सहयोग गर्नुहुने आदरणीय नेताहरू डा.शेखर कोइराला, गगन थापा जी र अर्जुननरसिंह केसी दाइ लगायत मेरो पिताजीको जस्तै भूमिका निर्वाह गरिदिनु भएको राष्ट्र नायकका रूपमा उहाँले आफूलाई उभ्याउनु भएको छ केपी शर्मा ओली, उहाँका केही गुणहरू राम्रा छन् मैले पहिले पनि भनेको थिए उहाँ र उहाँको पाटीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि।
उहाँले हामी जो देश बचाउने अभियानमा फरक पार्टीमा रहेर पनि लागिरहेका छौँ यसरी नै बचाउँदै जानुपर्छ राष्ट्र नायकहरूले। उहाँले प्रदान गर्नुभएको हौसला धेरैपछि मैले भिडिओमा देखेँ मेरो मन रोयो।
पक्राउ परेदेखि नै आफ्नो पक्षमा लागिरहेका दुर्गा प्रसाईँजी अहोरात्र हिजोदेखि आजसम्म लाग्नु भो मेरो पक्षमा बोलिदिनु भो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो अडान सुन तस्करहरूका संरक्षकताविरुद्ध कायम छ। मेरो गिरफ्तारी प्रधानमन्त्रीको निर्देशनमा भएको हो।

पुष्पकमल दाहाललाई म के भन्न चाहन्छु भने त्यतिसाह्रो बैगुनी हुनुहुँदैन। आफूसहितका केही नेता नभएको भए आज उहाँ जंगलमा हुनुहुन्थ्यो। पहिलो वार्ता गराउने मान्छे हामी हो। उहाँले हामीले लगाएको गुनको पैँचो उहाँले आज हतकडी लगाएर दिनु भएको छ। यो पावरको उन्माद हो।
मेरो माग के छ भने हाम्रो पार्टीसँग गृहमन्त्रीले यसरी नै हाम्रा मान्छेलाई एक वाई एक गरेर स्टनबाजी गरेर धुलो चटाउँदै जाने हाम्रो पार्टी यिनीहरूसँग गठबन्धन गरेर बसिरहने हो भने हाम्रो पार्टी सकिनेवाला छ। त्यसकारणले माओवादीसँगको हाम्रो एलाइन्समा हामीले तत्काल पुनर्विचार गर्नुपर्छ।

अब त यस्ता आतंककारी गृहमन्त्रीले एक सेकेण्ड यो सत्तामा बसिरहन मिल्दैन प्रचण्डले तुरुन्त उहाँलाई हटाउनुपर्छ। उहाँ यो गृहमन्त्री टिकाउनतिर लाग्नु भयो भने उहाँको सरकार ढल्छ। मेरा कुनै पनि प्रमाणपत्र नक्कली छैनन् म अदालतमा त्यो प्रमाणित गरेर देखाउने छु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।