गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेताको ठहर, हारगुहार गर्न थालेको दाबी

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धाएको र अनुनयविनय गर्न थालेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फेशबुकमा उनले लेखेका छन्-

गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती शुरू भएको छ! उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके। खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको स्पष्ट भएको छ। सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसके। काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ। खासमा जनमतबेगरका नारायणकाजी निर्लज्जतापूर्वक उत्तर कोरिया र पाकिस्तानको मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको छ। उनले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ? नैतिकहराम कदमको विचरा परिणाम।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।