माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने वर्षमानको प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादीलाई ‘स्मार्ट’ पार्टी बनाउने अवधारणा अघि सारेका छन् । पुनले वर्तमान साइबर युग सुहाउँदो स्मार्ट पार्टीले मात्र अहिलेको अवस्थामा मुलुकको नेतृत्व गर्न सक्ने र पार्टी पुनः निर्माण सम्भव भएको बताए ।

पार्टी सम्बद्ध महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले स्मार्ट पार्टी बनाउने कार्य योजनाको चर्चा गरे ।

‘समयअनुसार चल्न नसक्ने पार्टीहरू इतिहासमा सीमित भएका छन्’, पुनले भने, ‘अहिलेको साइबर युगमा स्मार्ट पार्टी बनाउन जरुरी छ, त्यस्तो पार्टीले मात्र आजको युगको सही प्रतिनिधित्व गर्न सक्छ ।’

विश्व चौथो चरणको औद्योगिक क्रान्तिको सम्मुखमा रहेको भन्दै पुनले यस्तो अवस्थामा कम्युनिष्टहरुले डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको समेत प्रयोग गरेर स्मार्ट पार्टी निर्माण गर्नुपर्ने औँल्याए । लेनिनले कम्युनिस्ट पार्टीहरूको निम्ति सङ्गठनको रूप सर्वथा अचुक र अपरिवर्तनशील हुन नसक्ने उल्लेख गरेको चर्चा गर्दै पुनले सङ्घर्षको स्थिति र विकासको प्रक्रिया अनुरूप सङ्गठनको रूपहरूको खोजी गरिएको बताए । यस्तै लक्षित जनसमुदाय तथा आफ्नो पार्टी र सङ्गठनमा भर पर्नुपर्ने चिनियाँ कम्युनिस्ट नेता माओको भनाइ अनुसरण गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिए ।

पुनले महिला अधिकार स्थापित गर्न र समाजमा महिलाहरूको सम्मान तथा सहभागिता वृद्धि गर्न आफूहरूको आन्दोलनले धेरै ठुलो योगदान गरेको बताए । नेपालको संविधानले राज्यका सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गरेको उल्लेख गरे । आफ्नो दलले भने गाउँदेखि केन्द्रसम्म कम्तीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको र आगामी दिनमा उक्त प्रतिशत बढाउँदै लैजाने नीति रहेको जनाए । पुनले नेपाली समाजको रूपान्तरण र राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धले खेलेको भूमिकालाई संसारले स्वीकार गरिसकेको भन्दै त्यसको अवमूल्यन कसैले गर्न नसक्ने तर्क गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।