प्रधानमन्त्री चितवनबाट फर्किए लगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

काठमाडौं, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । खासगरी जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् ।

माओवादीनिकट उच्च स्रोतकाअनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाएर प्रधानमन्त्री दाहालले जनमतलाई सरकारमा सहभागी गराउने भएका हुन् । प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

उनी काठमाडौं फर्किएलगत्तै भोलि (आइतबार) मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिश गरिसकेको छ । जनमतले अनितादेवीलाई मन्त्री बनाउने भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।