तरुण दल र नेविसंघमा समानान्तर गतिविधि एक साताभित्र रोक्न युवा नेता शर्माको अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सुदिप शर्माले पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघमा पछिल्लो समय समानान्तर गतिविधि बढिरहेको भन्दै ती गतिविधि रोक्नुपर्ने माग गरेका छन् ।

शर्माले तरुण दल र नेविसंघमा नेतृत्वको निर्देशनबमोजिम तदर्थ कार्यसमिति गठन भएको उल्लेख गर्दै त्यसको विरोधमा पार्टीको हितविपरित गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

उनले लोकतान्त्रिक पार्टीमा लोकतान्त्रिक तवरले आफ्ना असन्तुष्टि राखिनुपर्नेमा पार्टीलाई नै आघात पुर्याउनेगरि गरिएका समानान्तर गतिविधि एक साताभित्र रोक्न चेतावनी दिएका हुन् ।

उनले लुम्बिनी प्रदेशको हकमा पनि नेविसंघ र तरुण दलका जिल्ला अध्यक्षहरुबाहेक अरु अध्यक्ष तोक्ने गतिविधि फिर्ता लिन एक साताको अल्टिमेटम दिएका छन् । ती गतिविधि नरोकिए आफूले पनि लुम्बिनीमा पार्टी सभापतिको रुपमा समानान्तर गतिविधि अघि बढाउने उनको अर्को चेतावनी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖