सुन तस्करीमा केपी ओली कुनै न कुनै रूपमा मुछिन्छन् : प्रमुख सचेतक चौधरी

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो अपराध ढाकछोप गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेको आरोप नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको संवादमा उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिन गर्नै नदिनु अत्यन्त गलत कुरा भएको दाबी गरे ।

‘यतिखेर उच्चस्तरीय छानबिन समिति गठन गर्दा सीआईबी मोरल्ली डाउन हुन्छ, उसको स्पिरिट डाइभर्ट हुन्छ, अपराधीको नजिक पुग्न लाग्दा झन् टाढिने सम्भावना हुन्छ । उच्चस्तरीय छानबिन समितिले रिपोर्ट तयार पार्दा पनि सीआईबीकै सहयोग लिने हो । कि सरकारले सीआईबीलाई हाम्रो अंग होइन भन्नुपर् यो कि उसको काममा विश्वास गर्नुपर् यो,’ चौधरीले भने, ‘सीआईबीले ३५ दिनभित्र छानबिनलाई निष्कर्षमा पुर् याउँछु भनेको छ । के उच्चस्तरीय छानबिन समितिले ३५ दिनभित्र निष्कर्ष दिन सक्छ ? आफूले गरेका अपराध लुकाउन सीआईबीलाई अनुसन्धान गर्नै नदिने ? यो अत्यन्त गलत कुरा हो ।’

नेकपा एमालेले राजनीतिक स्वार्थपूर्तिका निम्ति उच्चस्तरीय छानबिन समितिको माग उठाएर संसद् अवरोध गरिरहेको पनि चौधरीले बताए । उनले थपे, ‘निदाएको मानिसलाई उठाउन सकिन्छ । निदाएको स्वाङ पारेकालाई उठाउन गाह्रो छ । एमालेले टोपबहादुर रायमाझीलाई पुनःस्थापन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ । यसमार्फत उसले राजनीतिक स्वार्थपूर्ति गर्न खोजेको छ ।’

सुन तस्करीमा एमाले अध्यक्ष केपी शर्मा ओली कुनै न कुनै रुपमा मुछिने दाबी पनि उनले गरे । चौधरीले भने, ‘सुन तस्करीमा केपी ओली कुनै न कुनै रुपमा मुछिन्छन्, मुछिन सक्छन् । त्यसकारण उनले सीआईबीको अनुसन्धान निष्कर्षमा पुग्न नसकोस् भनेर डाइभर्ट गर्न खोजेका हुन् । सीबीआईले अरु फाइल पनि खोल्ने अवस्था छ । गिरिबन्धु टीस्टेटमा नेकपा एमाले र केपी ओली लगायतका नेताहरुको अनुहारमात्र छ । एमालेले सीआईबीले अनुसन्धान गर्नै नपाओस् भनेर संसद्मा नाराजुलुस गरेको हो ।’

एकीकृत समाजवादी सरकार ढाल्न लागेको हो भन्ने प्रश्नमा प्रमुख सचेतक चौधरीले भने, ‘आम जनतामा निराशा छ । दलहरुले सरकार चलाउन सक्दैनन् भन्ने भाष्य बनेको छ । यो सरकार पाँचै वर्ष चलाउनुपर्छ । तर कुन नेता (झलनाथ खनाल) लाई के मुड चल्छ, प्रतिक्रियाहरु आइरहन्छन् । प्रचण्डले मात्र कति मिलाउनु होला र ? मिलाउने दायित्व हाम्रो पनि हो ।’

कोही गलत काम गर्छ, कीर्ते काम गर्छ भने उसलाई सोकेसमा राखेर पूजा गरेर गर्न नसकिने पनि उनले बताए । चौधरीले थपे, ‘नक्कली भुटानी बनाउने, सुन तस्करीमा लाग्नेलाई सरकारले टुलुटुलु हेरेर बस्दैन । त्यसमा कोही कांग्रेस, कोही समाजवादी, कोही माओवादीका मान्छे भनेर जोगाउने कुरा आउँदैन । प्रचण्ड कमरेडले गरेका काम राम्रा छन् ।’ साथै उनले सबै नेताहरुको सम्पत्ति छानिबन गर्नुपर्ने औंल्याए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।