एमालेले पक्रेको सुनलाई पनि नुन बनाउने खतरा बढ्यो : रामहरि खतिवडा

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सत्तापक्षबाट संसद् अवरोध भएको आरोप लगाउनु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

‘एमालेका सांसदहरु असंसदीय भाषा बोल्नुहन्छ । उच्चस्तरीय छानबिन समितिमा को मान्छे कहाँबाट ल्याउने ? यिनै प्रहरी, न्यायालयका मानिस ल्याउने होइन ? एमाले आयोग बनाउने, बहुमत र अल्पमत रिपोर्ट बनाउने अनि यसलाई फासफुस बनाउने खेलमा लागेको शंका छ । उसले जहिले पनि सुन, सुन मात्र भन्या छ । लम्पी स्किन, डेंगु, बाढीपहिरो, महँगी, किसानका पीडाका कुरा छैनन् ? एमालेले त पक्रेको सुनलाई पनि नुन बनाउने खतरा बढ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको संवादमा उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चार वर्षसम्म एक तोला सुन पनि नसमातिएको आरोप पनि लगाए । उनले भने, ‘केपी ओलीको पालामा चार वर्षमा ७,७९९ केजी सुन भित्रिएपछि त्यसको अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति बनेको थियो । प्रधानमन्त्री नजिकको एक व्यापारीको नाम जोडिएपछि सहसचिवले समितिको म्याद एक महिना थप्न बिन्ती जाहेर गर्दा तपाईंको म्याद सकियो, रिपोर्ट पेस गर्नुस् भनियो । त्यो रिपोर्ट दराजमा किन थन्काइयो ? अरुलाई आरोप लगाउने एमालेको पालामा चार वर्षसम्म कहिल्यै एक तोला सुन समातियो ?’
सांसद खतिवडाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय परम्परा उल्लंघन गरेको आरोप पनि लगाए । उनले भने, ‘सभामुखजी कुरा बुझिएन, मान्यज्यू भन्नुहुन्छ । संसदीय परम्परा भनेको फस्ट लार्जेस्ट पार्टीलाई सबभन्दा पहिले बोल्न दिने हो । तर उहाँ सुरुमा एमालेका सांसदलाई लौ बोल्नुस् भन्नुहुन्छ ।’

संसदको अवरोध एमालेको चरित्र भएको पनि सांसद खतिवडाको आरोप छ । उनले भने, ‘नेकपा एमालेले २०५७ मा ५७ दिन, २०७८ मा ६ महिना संसद् अवरोध गर् यो । विपक्षको बहुमत हुँदा दुई-दुई पटक संसद् विघटन गरिदियो । २०७४ मा हामी पनि प्रतिपक्षमा थियौं नि । हामीले कहिल्यै त्यसो गर् यौं ?’

गृहमन्त्रीले संसद् चलिरहेका बेला सांसद सुनील शर्मालाई बोलेकै आधारमा पक्राउ गरेको तर सुनकाण्डमा मुछिएका आफ्नो मान्छे जोगाएको आरोप पनि लगाए । खतिवडाले भने, ‘गठबन्धन टुटे टुटोस्, तर कांग्रेसलाई तर्साउने काम नहोस् । कांग्रेस सांसदको नक्कली सर्टिफिकेट थियो भने २०७१ सालमा किन छाडेको ? लकरमा गोली राख्ने ल्यारकाल लामालाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेर के देखाउन खोजेको ?’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।