मन्त्रीबाट हट्ने सुइँको पाएपछि सुदन बाहिरिने तयारीमा, मोदीपनि तनावमा

काठमाडौं, २८ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी गर्दा सरकारमा रहेका दुई मन्त्रीहरू भने तनावमा परेका छन्।

प्रधानमन्त्री दाहालले माओवादी कोटाबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर भएपनि जनमत पार्टीलाई सरकारमा ल्याउने केही समय अगाडि दिएको बाचानुसार अन्तिम तयारी गरेका छन्।

उनले जनमत पार्टीका एक जना सांसद्‍लाई मन्त्रीको शपथ खुवाउने अन्तिम तयारी गरेका छन् र त्यसका लागि माओवादी कोटाबाट मन्त्री भएकालाई आइतबार नै फिर्ता बोलाउने तयारी गरेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले पर्यटन, नागरिक उड्ययन तथा सांस्कृतिक मन्त्री सुदन किरातीलाई फिर्ता बोलाउने तयारी गरिसकेको र उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिरहेका छन्।

यस्तै, प्रधानमन्त्री दाहालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर पार्टीका सिनियर नेता हितबहादुर तामाङलाई शपथ खुवाउने तयारीबारे पार्टीभित्र छलफल गरिरहेका छन्। मन्त्री मोदीले यस्तो सुइँको पाएपछि तानवमा रहेका छन्। मोदी यतिबेला आफूनिकट शीर्ष नेताबाट मन्त्रीबाट नहटाउन प्रधानमन्त्री दाहालसँग लबिङ्ग गरिरहेका छन्।

यदि मोदीलाई प्रधानमन्त्री दाहालले मन्त्रीबाट हटाए शहरी विकास मन्त्रालय सम्हालिरहेकी सिता गुरूङलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी र हितराज गुरूङ्लाई सहरी विकासको जिम्मेवारी दिनेबारे छलफल भइरहेको स्रोतले बताएको छ।

प्रधानमन्त्री दाहाल पर्यटनमन्त्री किराती र सामान्य प्रशासनमन्त्री मोदीको कामलाई लिएर पटकपटक असन्तृष्टी जनाउँदै आएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।