काठमाडौ आउंदै गरेको एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द

काठमाडौं । काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ ।

आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

भुटानतर्फको उडान समेत प्रभावित भएको छ । गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकतर्फ पोखरा अझै खुल्न सकेको छैन । सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।