खराब मौसमका कारण भरतपुरमै रोकिए प्रचण्ड, आजपनि मन्त्रिपरिषद् हेरफेर नहुने सम्भावना

काठमाडौं,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गृहजिल्ला चितवनमा छन् । उनी शुक्रबार साँझ आकस्मिकरुपमा भरतपुर पुगेका हुन् । औपचारिक कार्यक्रम तय नगरि चितवनको भरतपुर पुगेका प्रचण्ड शनिबार भएको अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा भने सहभागी भएका थिए ।

चितवनबाट आजै काठमाडौं फर्किने तयारीमा रहेका प्रचण्ड मौसममा आएको खराबीका कारण भरतपुर विमानस्थलमै रोकिएका छन् । लगाताररुपमा वर्षा हुँदा उडान प्रभावित भएपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं आउन नपाएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज काठमाडौं फर्किएर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा छन् । असारको अन्तिम सातानै सरकारमा जान नाम बुझाएको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने अन्तिम तयारीमा प्रचण्ड रहेका छन् । उच्च स्रोतका अनुसार माओवादी केन्द्रबाट मन्त्री रहेका सुदन किराती र अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतकी अनितादेवी साह र माओवादी केन्द्रकै हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

प्रचण्ड पार्टीबाट मन्त्री रहेका किराती र मोदीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताईन्छ । पछिल्लो समय काम भन्दा गफ बढी गरेको भन्दै मोदी र किराती दुबैलाई फिर्ता बोलाउन पार्टीभित्र प्रचण्डलाई दबाब रहेको एक नेताले बताएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासनन्त्री रहेका छन् ।

आजै मन्त्रिपरिषद् हेरफेरको तयारीमा रहेका प्रचण्ड भरतपुरमै रोकिएपछि आजपनि मन्त्रिपरिषद् हेरफेर हुने नहुने अन्यौलता नै रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।