कांग्रेस सांसदको प्रस्ताव :आरजु राणालाई प्रधानमन्त्री बनाउनुपर्ने

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले कांग्रेस गुटै गुटको कारण ठूलो समस्यामा परेको टिप्पणी गरेका छन् । उनले अब पार्टीलाई बलियो बनाउनको लागि गुटरहित कांग्रेस बनाउनुपर्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरु कांग्रेसका नेताहरुलाई घोली घोली विष खुवाएको गम्भीर आरोप लगाए । उनले भने,‘कमरेड प्रचण्ड र गृहमन्त्रीले हामीलाई विष घोली घोली पिलाउनुभएको छ । साइनाइट पिलाउँदै हुनुहुन्छ । अनि हामी चाहीँ उनीहरुलाई मत हालेर उनीहरुको सरकारमा बसेका छौं । यो सरकारमा बस्न आवश्यक छैन् । हामीले छोड्नुपर्छ यो गभर्मेन्ट । अर्को सरकार बन्छ या बन्दैन, त्यो छोड्नुहोस । यो सरकारमा किन बस्नुपर्यो हामी यार ? यस्तो अतंककारी सरकारमा बस्छ यार ?’

उनले बालकृष्ण खाँणलाई जेलभित्र राखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘बालकृष्ण खाँणलाई जेलभित्र राख्नुपर्ने कारण के ?, उहाँ अपराधी हो भनेर जुन दिन निर्णय हुन्छ, उहाँ जेल जानुहुन्छ । उहाँ भाग्नु भएको थिएन । यो राजनीतिक सेबोटेज हो । बालकृष्णको मात्रै होईन, आरजु देउवाको पनि राजनीतिक हत्या हो । अहिले मलाई आरजु देउवाले बचाउ गर्नुभयो । उहाँले गर्नुपरे र ? उहाँ मेरो नेता हो । उहाँले नगरे कसले गर्छ ? प्रतिपक्षका साथीहरुले त गरिरहनुभएको छ ।’

उनले आरजु देउवा आफ्नो नेता पनि भएको बताए । उनले आरजु देउवा नेपालको भावी प्रधानमन्त्री भएको पनि बताए । र, आरजुले पनि त्यसको लागि तयारी गरेको उनको खुलासा छ । सो क्रममा नेता शर्माले कांग्रेस मिलाउने नयाँ फर्मुला पनि सार्वजनिक गरे ।

उनले भने–‘कांग्रेस मिलाउने हो भने गगनजी र शेखर दाइहरु सबैले बसेर एक वर्षलाई आरजु देउवालाई प्राइम मिनिस्टर दिने, शेरबहादुर देउवाले डा. शेखर कोइरालालाई कार्यवाहक सभापति बनाउने । त्यसपछिको प्रधानमन्त्रीको रुपमा गगनजी, विश्वप्रकाश वा चन्द्र भण्डारीहरुलाई योङलाई दिने अथवा कसलाई दिने, शेखर दाइलाई एकपटक सभापति लिएपछि ट्रान्जिट भएर एकपटक प्रधानमन्त्री भएर यो चाहीँ अर्को पुस्तालाई ह्याण्डओभर गरिदिने । यो पाँच वर्षभित्रै शेरबहादुर देउवा र शेखर कोइरालाहरु बाँच्दैखेरि नेपाली कांग्रेस मिलाउन सकिन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।