गृहमन्त्री श्रेष्ठको पद धरापमा

काठमाडौं, २८ श्रावण । पछिल्लो समय एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न थालेपछि गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउने खेल सुरू भएको छ। गृहमन्त्री श्रेष्ठलाई हटाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेमात्र नभइ सत्तारूढ गठबन्धन र श्रेष्ठकै पार्टी माओवादी केन्द्रका प्रभावशाली नेताहरू लागिपरेको बुझिएको छ।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दादेखि नै उनीसँग रूष्ट थिए। सो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमालेका तत्कालिन सचिव टोपबहादुर रायमाझी अहिलेपनि जेलमा छन्। उक्त प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवालाई समेत मुछिएको भन्दै कांग्रेस शीर्ष नेताहरू रूष्ट छन्। आरजूले त आफ्नो चरित्र हत्या गर्ने प्रयासले नाम मुछिएको प्रतिक्रिया दिँदै आएकी छिन्।

आफूनिकट नेता खाँण प्रहरी खोरमा पुगेको र पत्नी आरजूलाई पनि उक्त आरोप लागेपछि गृहमन्त्रीसँग सभापति देउवा रूष्ट छन् भने एमालेले अहिलेसम्मपनि गृहमन्त्रीको कामको असन्तुष्टी राख्दै बेलाबेलामा संसद अवरोध गरिरहेको छ।

नक्कली शैक्षिक प्रमाणपत्रमा आफ्ना सांसद सुनिल शर्मालाई नै प्रहरीले पक्रेपछि पूरै रूष्ट बनेको कांग्रेसले सो प्रकरणमा धारणा बनाउन संसदीय दलको बैठक नै डाकेको थियो। उक्त बैठकमा अधिकांश सांसद्हरूले वर्तमान गृहमन्त्री श्रेष्ठले प्रतिशोध साँधेको आक्रोश पोखेका थिए। कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दैछ। सो बैठमा सांसदहरूले गृहमन्त्रीको राजीनामा माग्नेसम्मको तयारी गरेका छन्।

देउवा रूष्ट बनेको थाहा पाएपछि केही दिन अगाडि गृहमन्त्री श्रेष्ठ आफैँ देउवा निवास धुम्बाराही पुगेर करिब ४५ मिनेटको भलाकुसारी गरेका थिए। कतिपयले उक्त भेटवार्तालाई गृहमन्त्री श्रेष्ठले आफ्नो पद धरापमा पर्न लागेको आभाष भएपछि देउवालाई फकाएको भनेर समेत टिप्पणी गरेका छन्।

गृहमन्त्रीको कामकारवाहीलाई लिएर सत्तारूढ गठबन्धनका अन्य घटकहरू नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीपनि रूष्ट रहेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ललिता निवास प्रकरणको फाइल खोलेको भन्दै रूष्ट रहेका छन्। उता जसपा भने सरकारले गौर हत्या काण्डको फाइल खोल्ने तयारी गरेपछि रूष्ट बनेको छ। अध्यक्ष उपेन्द्र यादवलाई सुनियोजित ढंगले षड्‍यन्त्र गरेर फसाउन गृहमन्त्री श्रेष्ठले नै गौर हत्या काण्डका पीडितसँग पाँच बुँदे सहमति गरेको भन्दै जसपाका नेता तथा कार्यकर्ताहरू आक्रोशित बनेका छन्।

यस्तै, अर्का प्रधानमन्त्री डा बाबुराम भट्टराईपनि ललिता निवास प्रकरणको फाइल खोलेको भन्दै रूष्ट बनेका छन्। यद्धपी उनले सो प्रकरणमा अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाइसकेका छन्। साथै, लडाकु घोटाला काण्डलगायतका भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने भन्दै माओवादी नेतृत्वमाथि दवाब बढाएका छन्।

आश्चर्य त के छ भने, गृहमन्त्रीलाई हटाउन माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिवद्धय वर्षमान पुन, जनार्दन शर्मालागि परेका छन्।

महरा सुन काण्डको फाइल खोलिए आफू र आफ्ना छोरा फसिने डरमा रहेका छन्। उता उपमहासचिवद्धयले गृहमन्त्री श्रेष्ठ माओवादी जनयुद्धमा नजोडिएका व्यक्ति भएको र अहिले गृहमन्त्री बनेपछि स्टन्टबाजी गर्दै पार्टीभित्र र बाहिर आफू चर्चित हुन खोजेको भन्दै हटाउनका लागि तयारी गरिरहेका छन्।

तर, प्रधानमन्त्री दाहालभने तत्कालै गृहमन्त्री श्रेष्ठलाई हटाए आफूलाई नैतिक संकट पर्ने भन्दै नहटाउने पक्षमा रहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।