छानबिन समितिमा हामीले एमालेका मान्छे राख्ने भनेको हो र ? :ओली

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । आज (आइतबार) एमाले मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने–‘छानबिन समिति भनेको एमालेले आफ्ना मान्छे राखेर भनेको हो र ? हामीले त न्यायिक छानबिन भनेको हो । एसपीको नेतृत्वमा अनुसन्धान गरेपछि एसएसपीले निर्देशन दिएपछि एसपीले आदेश पालना गर्नुपर्छ । देश यति गम्भीर अवस्थामा पुगेको छ । त्यसैले गम्भीर हुनुपर्छ ।’
उनले अहिले ‘गोल्डेन–टच’ भैरहेको प्रसंँग सुनाए । उनले भने,‘जे आएपनि सुन, आईफोन पनि सुन । ब्रेक–सु सुन । भन्सारबाट त अहिले जे आएपनि सुन । हामी सबै गम्भीर हुनुपर्छ । यो देश रित्याउने मामिला हो । यसबाट हामीले देशलाई बचाउनैपर्छ । त्यसकारण यो पक्ष वा त्यो पक्ष नभनौं ।’

उनले सुन तस्करी प्रकरणमा निश्पक्ष छानबिनको मागलाई दोहोर्याए । उनले भने,‘टप्पो टुप्पोमात्रै हेरेर हुँदैन, जरोसम्मै पुग्नुपर्छ । अहिले हेर्नुहोस त एक जना नेताले २३४ पटक कुनै गिरोहसँग लगातार सम्वाद गरेको कुरा बाहिर आएको छ ।’

अध्यक्ष ओलीले सम्बोधन गर्नुअघि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस वक्तव्य वाचन गरेका थिए । सो क्रममा उनले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको र यही सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।