ओलीले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा
काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
उनले गृहमन्त्रीसँग अब राजीनामा दिनुबाहेक अर्को कुनै विकल्प बाँकी नरहेको पनि टिप्पणी गरे ।
आज (आइतबार) पार्टी मुख्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनले एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट नै एक क्विन्टल सुन तस्करी प्रकरणले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको टिप्पणी गरे ।


