सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए पदमा नबस्ने अर्थमन्त्री महतको घोषणा

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले आफुलाई असफल र बदनाम बनाउन पार्टीकै नेताहरु लागेको भन्दै गुनासो गरेका छन् ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महतले पार्टीको नीति विधि र सिद्धान्दमा आँच आउनेगरि आफुले कहिल्यैपनि काम नगरेको प्रष्ट पारेका छन् । उनले एक क्विन्टल सुन बरामद प्रकरणमा आफुलाई मुछिएकोमा आपत्ति जनाए ।

अर्थमन्त्री महतले सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि गराउन चूनौतीसमेत दिए । महतले सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए एक मिनेटपनि अर्थमन्त्री पदमा नबस्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा महतले भने,‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।