मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् ।

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ । बालुवाटार स्रोतका अनुसार माओवादीबाट मन्त्री भएका पर्यटनमन्त्री सुदन किराँती वा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।