यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ ।

तर, विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको फोटो हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तो भन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ ।

चीनको साङ्घाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो भान हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठुलठुला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ ।

यस्तै यहाँ लाउन्ज एरिया पनि छ जहाँ असाध्यै राम्रा सोफा राखिएका छन् । शौचालय जानु नपर्ने तर साथी आएका मानिसले यो सोफामा बसेर साथीलाई पर्खन सक्छन् । यस्तै यहाँका वासबेसिन पनि फाउन्टेनबाट प्रेरित छ ।

‘यो सपिङ मलको वासरुम सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक स्थान हो । यसले व्यस्त जीवनशैलीमा मानिसलाई थोरै भए पनि विश्राम दिन्छ,’ डिजाइनर ली जियाङले भने । ‘डिजाइन गर्दा मैले यसलाई शौचालयको रूपमा मात्रै डिजाइन गरिनँ । मैले यहाँका प्रत्येक कुनालाई कसरी आकर्षक र आनन्ददायी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको छु त्यसैले यसलाई बगैँचाजस्तो बनाएका छौँ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।