सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

काठमाडौँ, २८ साउन : नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ ।

“सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ”, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।”

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करिब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दैै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरुले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरु नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटक-पटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पदरुपमा हेरेको एमाले अध्यक्ष ओलीले बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी हुनुभएको थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।