टाइगर श्राफले भेट्टाए अर्की दिशा

काठमाडौं । बलिउडका हेण्डसम हंक अभिनेता टाइगर श्राफ आफ्नो फिल्मभन्दा आफ्नो रिलेशनशिप स्टेटसका कारण बढी चर्चामा छन् । दिशा पाटनीसँग टाइगरको ब्रेकअपको खबरले पनि निकै चर्चा पायो ।

तर, अहिले ब्रेकअपपछि दुवै स्टार एकअर्कालाई बिर्सेर अघि बढेको देखिन्छ । नयाँ रिपोर्टका अनुसार टाइगरको जीवनमा नयाँ प्रेम आएको छ ।

केही समयअघि टाइगर श्राफ करण जोहरको च्याट शो कफी विथ करणमा देखा पर्दा उनले आफू सिंगल भएको दाबी गरेका थिए । तर बम्बे टाइम्सको रिपोर्ट अनुसार टाइगर सिंगल छैनन् ।

रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै टाइगर श्राफले नयाँ प्रेम पाएको बताइएको छ । अभिनेता विगत डेढ वर्षदेखि दिशा धानुका नामकी युवतीसँग डेट गर्दै आएका छन् ।

दिशा प्रोडक्सन हाउसमा सिनियर पोजिसनमा काम गर्छिन् । दिशा पटनीसँगको ब्रेकअपपछि टाइगरले दिशा धानुकालाई डेट गर्न थाले ।

अर्को स्रोतले भन्यो– दुवैजना करिब डेढ वर्षदेखि एकअर्कासँग सम्बन्धमा छन् । दिशाले पटक पटक टाइगरलाई स्क्रिप्टको बारेमा सुझाव दिने गर्छिन् । र, टाइगरले दिशालाई फिटनेस टिप्स दिन्छन् ।

टाइगरको परिवारले पनि दिशा धानुकालाई धेरै मन पराउँछन्। उनीहरुको सम्बन्धको बारेमा सबैलाई थाहा छ।
टाइगरलाई दिशासँगको सम्बन्धको बारेमा सोध्दा उनले टेक्स्ट म्यासेजमा भने, ‘मलाई लाग्छ, मेरो नाम केही समयअघि कसैसँग जोडिएको थियो । तर म विगत दुई वर्षदेखि सिंगल छु ।’

यसै क्रममा दिशाले यी दुईको सम्बन्धमा केही पनि बोल्न मानिनन् । दिशा र टाइगर साथी मात्र हुन् कि उनीहरुको सम्बन्ध मित्रताभन्दा पनि बढी हो, यो पनि समयसँगै थाहा हुनेछ ।

वर्कफ्रन्टको कुरा गर्दा टाइगर रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ मा केमियो गर्दै देखिनेछन् । यसबाहेक उनीसँग ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’ जस्ता फिल्म पनि छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।