नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली नै निस्किएपछि

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएको छ । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेर म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तर, डा. रञ्जित सक्कली चिकित्सक भएको पुष्टि भएसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेशन ‘फोक्सट्रोट चार्ली’को विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।

नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने, ‘नाम जुधेका दुईजना मानिस अलग हुन भनेर मैले पत्र लेखेर पठाएको छु ।’

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरु नाम थर मिलेको भेटिएको छ । डा. रञ्जित जनकपुरमा पढेका हुन् । ब्युरोले पक्राउ गरेको मध्ये एक जना चिकित्सक फरक परेको कुरा आफूलाई जानकारी आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरीबाट लिखित आएको छैन, आएपछि त्यसबारे निर्णय गर्छौँ ।’

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन् । अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा रञ्जितकुमार यादव, शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् । -रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।