माओवादी बैठकमा मन्त्री मोदी : ३ महिनाअघि नै राजीनामा दिएको छु, प्रधानमन्त्रीले निर्णय गर्नुस्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा पार्टी पदाधिकारीको जारी बैठकमा मन्त्री मोदीले आफूले ३ महिनाअघि नै राजीनामा दिएको खुलाउँदै आफू प्रधानमन्त्रीको निर्णय पर्खिरहेको बताए ।

‘काम गर्नका लागि एकदमै अप्ठेरो भयो, सरुवा बढुवा नियुक्तिमै मैले धेरै झमेला ब्यहोर्नुप¥यो’, मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसरी काम गर्ने वातावरण नभइसकेपछि मन्त्रीमा बसिरहनु उपयुक्त लागेन प्रधानमन्त्रीज्यू, मलाई बिदा दिनुप¥यो । पार्टी र संसदको काम गर्छु भनेर तीन महिनाअघि नै राजीनामा लिखित दिएको छु ।’

मोदीका सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा मोदीले कर्मचारी सरुवामा आफूलाई अप्ठेरो पर्दा पनि सहयोग नगरेको भन्दै राजीनामा दिने बताएका थिए । त्यतिबेला उनले राजीनामा पत्र लिएर गए पनि बुझाएका भने थिएनन् ।

त्यसबेला प्रधानमन्त्री प्रचण्डले ‘अहिले राजीनामा नदिनुहोस्, संघीय निजामती ऐन पनि ल्याउनुछ, मैले काम गर्न सहज हुने विधि बनाउन भूमिका खेल्छु’ भनेर जवाफ दिएका मोदीको सचिवालय स्रोतले बताएको छ ।

आइतबार बालुवाटार बैठकमा मोदीले त्यही घटना स्मरण गर्दै प्रधानमन्त्रीको निर्णय पर्खिएको बताएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रका कुनै मन्त्री हटाएर जनमत पार्टीकी अनिता देवीलाई मन्त्री बनाउन चाहेका छन् । तर को मन्त्री हटाउने भन्ने पक्का भइसकेको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री चितवनबाट आउन ढिलो भएको, तथा माओवादी बैठक लम्बिएकाले गर्दा आज आइतबार मन्त्रीबारे निर्णय नहुने जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबार परामर्शमै समय लिने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।