बागलुङ ढोरपाटन-बुर्तिबाङ शहर बसालेका संस्थापक मल्लको निधन

काठमाडौं । बागलुङ ढोरपाटन क्षेत्रलाई चिनाउन बुर्तिबाङ शहर विस्तारका संस्थापक मानिने अर्जुन मल्लको आइतबार अन्त्येष्टि गरिएको छ ।

मल्लको हृदयघातका कारण ८३ वर्षको उमेरमा शुक्रबार बिहान विनायक अस्पताल गंगबुमा निधन भएको थियो ।

दुई छोराहरु जेठो राजेन्द्र र माइलो रवी मल्ल अमेरिकाबाट आइपुगे पछि मल्लको आइतबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।

मल्लका श्रीमती भगवती, कान्छो छोरा विपिन मल्ल, छोरीहरु पुनम र निलम छन् ।

ढोरपाटन, बोबाङ, अधिकारीचौर, खुंखानी, तमान, खुंगा–लुकुरबन, रणसिंकिटिनी, भिमगिठे, देविस्थान, निसीसँगै हालको पूर्वी रुकुमको तकसेरा, हुकाममैकोटसम्को केन्द्र बुर्तिबाङमा पहिलो बस्ति मल्लले बसालेका थिए ।

बुबा शेरबहादुर र आमा नन्द कुमारी मल्लको कोखबाट तात्कालिन बुर्तिबाङ गाउँ पञ्चायत–१ (हाल ढोरपाटन–१) बुर्तिबाङमा १९९७ चैत २६ गते अर्जुनको जन्म भएको थियो । २०१३ सालमा जनकल्याण प्रावि स्थापना गरी शिक्षाको ज्योति फैल्याएका मल्लले पछि विद्यालय स्थापनाका लागि निजी जग्गा प्रदान गरेका थिए ।

विकासका लागि शिक्षा अनिवार्य भएको हुनुपर्ने भन्ने सोच उनमा थियो । बुर्तिबाङ क्षेत्रमा शिक्षासँगै स्वास्थ्य, सरकारी कार्यालयको आवश्यकता दीर्घकालीन सोंच भएका मल्लले बसालेको बजार अहिले ढोररपाटन नगरपालिकाको केन्द्र बनेको छ ।

बुर्तिबाङ बजार बसपार्क रहेको स्थानमा जनकल्याणबाट पछि उत्तर गंगा मावि हुँदै हाल उच्च रहेको विद्यालय त्यहीँबाट हालको झिङ्गलबारीमा सारिएको थियो ।

बागलुङ जिल्लाको सदरमुकाम त्यस क्षेत्रका जनताका लागि पायक नपर्ने, टाढा भएकाले जिल्ला टुक्राएर बुर्तिबाङलाई केन्द्र बनाउनुपर्छ भन्ने उनको पहिलो माग थियो ।

त्यही सोचका कारण उनले सरकारी कार्यालयहरु स्थापनाका लागि आफ्नो निजी जग्गाहरु कार्यालयहरुलाई दिएका थिए । मध्य पहाडी लोकमार्गको दोस्रो नमूना सहरका रुपमा बुर्तिबाङ छनौटमा पर्नु मल्लकै दुरगामी सोचको परिणाम थियो ।

विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सिद्धान्तबाट प्रभावित मल्ल सम्बत् २०१५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएका थिए ।

प्रधानपञ्च रहेकै बेला मल्ल २०३६ सालको जनमत हुँदा बहुदलको पक्षमा लागेका थिए । प्रधानपञ्च रहँदा–रहँदै बहुदलको पक्षमा लागेको कारण उनलाई वर्खास्त गरियो ।

बहुदलको पक्षमा रहेका मल्ल २०४९ सालमा बसाई सरेर बुटवल झरे । बुटवलमा आएर उनलाई राजनीति गर्ने हुटहुटीले छोडेन ।

२०४९ कै नगर चुनावमा बुटवल–१० बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भए । बुटवलबाट पुनः बसाई सराई गरेरका मल्ल २०५६ देखि काठमाडौं–१६ मा बसोबास गर्दै आएका थिए ।

राजनीतिसँगै समाज सेवालाई पहिलो प्राथमिकता दिने मल्लले हालको बसपार्क बनाउने सहमति गरे ।

हालको उत्तर गंगा उच्च माविको भवनको जग्गा सट्टापट्टा, निसी–भूजी जनता क्याम्पसको संस्थापक बनेर त्यस क्षेत्रको शिक्षा विकासका लागि मल्लले ठूलो योगदान पुर्याएका थिए ।

क्याम्पसलाई भौतिक रुपमा बलियो बनाउन मल्ले माता–पिताको नाममा भवन निर्माणका लागि १४ लाख रुपैयाँ क्याम्पसलाई प्रदान गरे ।

जेहन्दार विद्यार्थीका लागि १ लाख रुपैयाँको ‘अर्जुन-भगती मल्ल छात्रवृत्ति’ अक्ष्य कोष स्थापना गरिको छ । ढोरपाटन, निसी–भूजी, तमान, खुंगा–लुकुरबनको इतिहास बारे जानकार मल्ल अध्ययन, लेखनमा रुची राख्थे । मल्लले आफ्नो केही अनुभव र वंशवाली समेत तयार पारेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।