ब्रेक–शु भित्रको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्यो
काठमाडौं, २९ साउन । राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेको छ। सिआइबीले टक्सार महाशाखालाई पत्र लेखेसँगै आज (सोमबार) महाशाखाले शु भित्रबाट सुन निकालेको हो ।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।
राजस्वले बरामद गरेकाे ब्रेकशु सहितको सुनको तौल १५५ रहेको छ । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।


