लोप हुँदै कोदो

दिपायल (डोटी), २९ साउन : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ ।

कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो ।

एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्नबाली कोदो थियो । अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको अहिले डोटीका सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटीका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । कोदोखेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ ।

बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदोखेती लोप हुने अवस्थामा पुगेको बडीकेदार–५ थानकोटका उपेन्द्र धामीले बताउनुभयो ।

कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि मागअनुसार जिल्लामै आपूर्ति गर्न नसकिने अवस्था रहेको बडीकेदार गाउँपालिकाको कृषि शाखाका नासु सुरेन्द्र शाहीले बताउनुभयो । अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि पछिल्लो समय किसान तरकारीखेती गर्न थालेपछि कोदोखेती लोपहँुदै गएको शाहीले बताउनुभयो ।

अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । डोटीमा २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भए पनि पछिल्लो समय पाँच प्रतिशतले मात्र कोदोखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।