कैदी मृत्यु प्रकरण : थप चार प्रहरीसहित जेलरलाई नियन्त्रणमा लिने तयारी

काठमाडौं । संखुवासभामा कारागारका कैदीद्वय विनोद तोलांगी र आकाश बलामी मृत्यु प्रकरणमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।

यसअघि, सो प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाइ जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद समेत लिएको छ ।

असई चौधरीले दिएको बयान र कारागार परिसरको सीसीटीभीमा देखिएको दृश्यका आधारमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको संखुवासभाका प्रहरी प्रमुख (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

प्रहरीबाहेक पीडितका आफन्तको किनाटी जाहेरीका आधारमा जेलर राजेन्द्र घिमिरेविरुद्ध समेत अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार (हिजो) घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको डीएसपी गोदारले बताए । मृतकका आफन्तले गएको शनिबार जेलरसहित डिउटीमा खटिएका प्रहरीविरुद्ध जाहेरी दिएका थिए ।

जेलर घिमिरेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । “घटना राति साढे १ बजेतिरको हो, म घरमा थिएँ । प्रहरीका असईले मलाई दुईजना कैदी भाग्न खोजेपछि नियन्त्रणमा लिएर राखेका छौँ भनेर जानकारी दिए । बिहान मात्रै उनीहरू घाइते भएर अस्पताल लगिएको थाहा पाएँ । यसमा मेरो के कमजोरी भयो ?,” घिमिरेले प्रश्न गरे, “अहिले मविरुद्ध समेत पक्राउ पुर्जी आयो भन्छन्, म अचम्ममा परेको छु ।”

अहिले घिमिरेलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा विमल पौडेललाई जिम्मेवारी दिइएको छ ।
यही साउन २४ गते बिहान करिब १ बजे कैदी २० वर्षीय तोलांगी र २७ वर्षीय बलामीले कारागारको ब्लकको झ्यालको रड काटी भाग्ने प्रयास गरेका थिए ।

डिउटीमा रहेका प्रहरीले त्यो देखेपछि कारागार प्रशासन समेतलाई जानकारी गराइएको थियो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अरू कैदी तथा प्रहरीले कुटपिट गरेका जनाइएको छ । घाइते दुवैको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।