सभापति लामिछाने – संसद् हाईज्याक भयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभा ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरूले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका थिए । यता एमाले सांसदहरूले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने टेबल ठोकेर ध्यानाकर्षण गराउन खोजेका थिए ।

यसअघि पनि लामिछानेले सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मात्र आफ्नो कुराहरू राख्न दिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । रास्वपा सांसदहरूले विरोधका रूपमा यसअघि संसद् भवनबाहिर नै संसद् बैठकको अभ्यास गरेर आफ्नो धारणा राखेका थिए । पार्टीले संसद् अवरुद्ध भएको समयको भत्ता नलिनेसमेत घोषणा गरिसकेको छ ।

एमाले सांसदहरूले सोमबार पनि अवरोधलाई जारी राखेपछि सभामुखले भदौ ३ गते बस्ने गरी बैठक स्थगित भएको घोषणा गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।