सभामुखले पक्षपाती व्यवहार देखाएको लामिछानेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाएका छन् ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सभामुखले आफु अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाएका हुन् । सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उनले बताए ।

लामिछानले नियोजित रुपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गरे । उनले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरुले बोल्न खोज्दा अन्त्यै मोडिएको तर्क गरे । उनले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरुलाई बोल्न नदिएको भान भएको बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।