दिमागलाई कसरी राख्ने तेज ? विश्वका सबैभन्दा वृद्ध डाक्टरको सल्लाह

डाक्टर हावर्ड टकर । उनी पछिल्लो सात दशकभन्दा बढी समयदेखि बिरामीको उपचारमा तल्लीन छन् । उनी अहिले १०१ वर्षका भए तरपनि उनले आफ्नो व्यावसायिक जीवनबाट अवकाश लिएका छैनन् । यो उमेरमा पनि उनी हरेक दिन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म बिरामीको उपचार गर्छन् । उनीहरूलाई सुझाव दिन्छन् । डा. टकर एक न्युरोलोजिस्ट हुन् । हालै उनले दिमागलाई तेज बनाउने तरिकाबारे जानकारी दिए । टकर आफैँ पनि यो तरिका अपनाउँछन् ।

डेली मेलको रिपोर्ट अनुसार अमेरिकाको क्लिवल्यान्डमा जन्मिएका डाक्टर टकर डाक्टर मात्रै होइनन् । ६० वर्षको उमेरमा उनले ओहियो बार परीक्षा पास गरेका थिए । त्यसपछि उनी कानुन विद्यालयमा भर्ना भए । उनी लगातार शोध गरिरहन्छन् । विशेष गरी न्युरोलोजीबारे । यसो गरेर उनी मस्तिष्कलाई व्यस्त बनाउन चाहन्छन् । उनको सामाजिक जीवन पनि उत्कृष्ट छ । डा. टकरका अनुसार उनी र उनकी श्रीमती सारा धेरैजसो श्रीमती र साथीभाइसँग खाना खान बाहिर जान्छन् । सारा ८९ वर्षकी भइन् । उनी पनि एक मनोचिकित्सक हुन् । स्मरण रहोस्, डाक्टर टकरलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा वृद्ध डाक्टरको सम्मान दिएको छ ।

उपचार गर्नु जीवनको उद्देश्य
डा. टकरले आफ्नो लामो जीवनको राज साझा गर्दै सीएनबीसीसँग भने, ‘मलाई हरेक पल व्यस्त रहन मन पर्छ । मेरो कामका लागि पनि यो जरुरी छ किनभने न्युरोलोजीमा दैनिक नयाँ चिज आइरहन्छन् । यसको समीक्षा निकै आवश्यक हुन्छ । उनले भने, ‘दिनरात बिरामीको बीचमा बस्नु, उनीहरूको उपचार गराउनु मेरो उद्देश्य हो, जीवनको उद्देश्य पनि यही हो । त्यसैले काम गर्दा मजा आउँछ । ’

कोभिडको समयमा पनि उनले निकै सक्रिय भएर बिरामीको सेवा गरेको कुरा धेरैका लागि अपत्यारिलो छ । यसबारे गिनिज बुकसँग कुरा गर्दै उनले भने, ‘म जे गर्छु, त्यसमा साँच्चै मलाई प्रेम छ । कोभिडका बेला अस्पतालमा आफ्ना बिरामीको उपचार गर्न जानु पक्कै पनि सहज थिएन । एक डाक्टरको रूपमा आफ्ना बिरामीको हेरचाह गर्नु मेरो जिम्मेवारी हो ।’

किताब दिमागलाई तेज राख्ने कुन्जी
डाक्टर टकरले भने, ‘स्वस्थ जीवनका लागि सामाजिक हुन निकै महत्त्वपूर्ण छ । सामाजिक सम्पर्क बलियो भएका मानिसहरू लामो समय र स्वस्थ जीवन बाँच्छन् । दुर्भाग्यले मेरो उमेरका थुप्रै नजिकका साथी, परिवारका सदस्य र सहकर्मीको निधन भइसकेको छ । तर म भाग्यमानी छ कि मलाई अहिलेसम्म केही पनि भएको छैन।’

‘हामी हप्तामा कम्तीमा एक पटक आफ्ना छोरी, उनका श्रीमान्, छोरा, उनकी श्रीमतीसँग डिनरमा जान्छौँ । हामी साथीभाइ र सहकर्मीसँग नयाँ रेस्टुरेन्टमा खानाको मजा लिन्छौँ । यसले मानसिक स्वास्थ्य उत्कृष्ट हुन्छ । ’

डा. टकरका अनुसार उनी एक उत्साही पाठक पनि हुन् । उनी रहस्यमय उपन्यास र जीवनी पढिरहन्छन् । उनी भन्छन्, ‘राम्रा किताब पढ्दा तपाईंको मस्तिष्क जवान रहन्छ । यो तपाईंको दिमागलाई तेज राख्ने कुन्जी हो ।’

सय वर्ष पुगिसक्दा पनि अवकाश नलिने डा. टकरले भने, ‘मेरो अहिल्यै नै अवकाशको कुनै योजना छैन । मलाई के लाग्छ भने सेवानिवृत्ति लामो उमेरको दुस्मन हो ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।