त्रिभुवन आर्मी चेन्नईयन एफसीसँग ३–० ले पराजित
काठमाण्डाै – भारतमा भइरहेकाे डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब चेन्नईयन फुटबल क्लबसँग पराजित भएकाे छ ।
आज साेमवार इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा भएकाे खेलमा त्रिभुवन आर्मी चेन्नईयनसँग ३–० गाेलले पराजित भयाे । चेन्नईयनका लागि फरुख चाैधरीले २२ औँ, रहिम अलीले ४० औँ र रफेल क्रिभेलाराेले ८४ औँ मिनेटमा गाेल गरे ।
अब त्रिभुवन आर्मीले अन्तिम खेलमा अगस्ट २२ मा हैदराबादसँग खेल्नेछ । यसअघि अगस्ट ९ मा भएकाे खेलमा आर्मीले दिल्ली एफसीसँग १–१ गाेलकाे बराबरी खेलेकाे थियाे ।
हरेक समूहका विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।


