महानगरले सार्वजनिक गर्‍यो कक्षा ११ को छात्रवृत्तिको नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको नतिजा अनुसार भर्ना हुने परीक्षार्थीको योग्यता क्रमको अन्तिम सूची समेत महानगरले प्रकाशन गरेको छ ।

नतिजा अनुसार विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इन्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने भएको छ ।

महानगरले दिने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना हुनेछ । २७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु सिफारिस गरिएका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नम्बर, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नम्बर, श्रेणी, प्राथमिकता आदेश समावेश गरिएको उनले बताएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी महानगरले नतिजामा कोटा छुट्याएको छ ।

यस्तै छात्रा, आदिबासी र जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ ।

यस्तै स्कुल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ ।

महानगरले ३ भदौमा दोस्रो चरणको नतिजा प्रकाशित गरेर भर्नाको योग्यताक्रम सार्वजनिक गर्ने भएको हो । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले १ भदौभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।