ब्राउन राइसमा पाइने पौष्टिक तत्वहरु र फाइदा बारे जानिराखौ

एजेन्सी । स्वस्थ्य रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौ भन्ने विषयमा सचेत रहनुपर्छ। किनभने हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा की त बेफाइदा गर्दछ।

स्वस्थकर खानेकुराको चर्चा गर्दा ब्राउन राइसको नाम पनि आउँछ। अहिले धेरैजसो मानिसले ब्राउन राइस खान थालेका छन्। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकी यो कम प्रशोधित हुन्छ। सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ।

ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।

ब्राउन राइसमा पाइने पौष्टिक तत्वहरु
स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्वहरु पाईन्छ। सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेट बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटाशियम र क्याल्सियमको राम्रो स्रोत हो।

यी पौष्टिक तत्वका साथै यसमा म्यागनीज पनि प्रचुर मात्रामा पाईन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, माशंपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ।

ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु
ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेंशिया रेटिंग स्केललाई पनि फाइदा गर्छ। विशेषज्ञका अनुसार नियमित रुपमा ३ देखि ६ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेंशिया जस्तो स्थितिमा फाइदा मिल्छ।

ब्राउन राइसमा पाइने पौष्टिक तत्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्वपूर्ण मानिन्छ।

ब्राउन राइसमा भरपुर मात्रा एन्टीअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ। ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।