सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको अवैध सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला रहेको प्रहरी स्रोतले बताएको छ।

स्रोतका अनुसार उनीहरूको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँसमेत बरामद भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा साउन २ गते राजस्व अनुसन्धान विभागले ब्रेक सुसहित ठूलो मात्रामा सुन बरामद गरेको थियो।

जसको अनुसन्धान जारी रहेकोले यही प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।