सप्तकोशी नदीमा सुरक्षा निकायका प्रमुखहरुको स्थलगत निरीक्षण
बिराटनगर । सप्तकोशी नदीमा पानीको वहाव उच्च भए संगै कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
हिजो सप्तकोशी नदीमा पानीको वहाव बढेर खतराको रेखा पार गरे पश्चात कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला सहित सुरक्षा निकायका प्रमुखहरुको टोलीले सुरक्षा सम्वेदनशीलतालाई मध्ये नजर गरी सप्तकोशी नदीको स्थलगत निरीक्षण तथा अनुगमन गर्नु भएको हो ।
हिजो सप्तकोशी नदीमा पानीको वहाव बढेर ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पुगे पश्चात ५६ वटै ढोका खुल्ला गरिएको थियो ।


