दाँतको बीचमा खाली ठाउँ हुनेको भविष्य कस्तो ?

सामुन्द्रिक शास्त्र एउटा विस्तृत विधा हो। यसमा व्यक्तिको अनुहार, शरिरको अलग अलग अंगको आंकलन गरेर व्यक्तिको स्वभाव, चरित्र अनि व्यक्तित्वको पत्ता लगाइन्छ। दाँतको बिचमा ग्याप – सुन्दरता: सामान्यतया दातँको बिचमा यदि ग्याप छ भने यसले मुस्कानलाई नै फिका बनाइदिन्छ। यसैलै सुन्दरताको दृष्टिले यो सहि मानिदैन।

ज्योतीषीय दृष्टिकोण

सुख: सामुन्द्रिक शास्त्रको अनुसार जो व्यक्तिको दाँतको आकार समान हुनुको साथसाथ चमक पनि हुन्छ, उनीहरुले निकै सुखको जीवन व्यतीत गर्छन्।,

रचनात्मक क्षमता: मिलेको दाँत भएका व्यक्तिको रचनात्मक क्षमता पनि गजबको हुन्छ। यस्ता व्यक्तिले पैसा पनि निलै सम्हालेर राख्न जानेका हुन्छन्।

बुद्धिमता: त्यस्तै अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुद्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ।,

ठुलो लक्ष: जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन्।

हार नमान्ने: दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइपर्दा आत्तिने गर्दैनन्।,

अति बोल्ने: सामुन्द्रिक शास्त्रको अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन्।

खुला बिचार: यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन्। ,

खाना-पिनाको शौखिन: दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन्।

भविष्य
राजसी सुख: सामुन्द्रीक शास्त्रको अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन्।

पतिको प्रेम: जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन्।

लामो दात: जो पुरुषको लामो दाँत हुन्छ, ती पुरुषला जीवनमा कहिल्यै धनको कमीको सामना गर्नु पर्दैन।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖