आँखा पाकेको छ ? स्वास्थ्य मन्त्रालयका यस्ता छन् टिप्स

काठमाडौँ । देशका विभिन्न भागमा अहिले आँखा पाक्ने रोगको प्रकोप देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भाइरल कन्जंक्टिभाइटिस’ अर्थात् अहिले प्रकोपका रुपमा देखिएको आँखा पाक्ने रोग लागेमा घरमै एकदेखि दुई हप्तामा निको पार्न सकिन्छ ।

मन्त्रालयका अनुसार आँखा पाकेका बिरामीले घरमा स्याहार गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

– आँखा बन्द गरेर बरफले सेक्ने । सफा रुमालमा बरफ राखेर सेक्न सकिन्छ ।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।

– आँखा छोइसकेपछि साबुन पानीले मिचीमिची राम्रोसँग हात धुने ।

– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

– संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधि प्रयोग नगर्न पनि सुझाव दिएको छ । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जान पनि मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।