पाँच हजार महिलाले गर्भपतन गराए, ९ जनाको मृत्यु

चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा ९ वटा मातृ मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार गर्भावस्था सुरु भएदेखि सुत्केरी भएको ४५ दिनसम्मको मृत्युलाई मातृ मृत्यु भनिन्छ ।

यहाँका सात स्थानीय तहले कार्यालयलाई दिएको गर्भावस्थादेखि ४५ दिनसम्मको सुत्केरीको अभिलेख अनुसार जिल्लामा ९ जना गर्भवती महिलाको ज्यान गएको हो । यो संख्या २०७९ साउनदेखि २०८० असार मसान्तसम्मको हो ।

कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीका अनुसार गर्भावस्थामा जटिलता आएर वा सुत्केरी अवस्थामा महिलाको ज्यान जाने गरेको हो । भने, सुरक्षित गर्भपतनको लागि तोकिएमा गएर गर्भपतन गराउने महिलाको संख्या ४ हजार ९ सय २० जना छन् ।

भण्डारीका अनुसार कार्यालयमा प्राप्त प्रारम्भिक जानकारी अनुसार गर्भपतन गराउनेमध्ये ३ सय १२ जना २० वर्ष मुनिका किशोरी छन् ।

उनीहरूमध्ये १ सय ५८ जनाले मेडिकल माध्यमबाट र १ सय ४१ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका हुन् । भने, १२ हप्तामाथिको गर्भपतन गराउने २० वर्षमुनिका युवतीको संख्या १३ जना रहेका छन् ।

२० वर्षमाथिका ४ हजार ६ सय ८ जनामध्ये २ हजार ६ सय १५ जनाले मेडिकल र १ हजार ९ सय ८५ जनाले सर्जिकल माध्यमबाट गर्भपतन गराएका हुन् । ८ जनाले भने १२ हप्तामाथिको गर्भपतन गराएका छन् । निमित्त प्रमुख भण्डारीका अनुसार यो तथ्यांक प्रारम्भिक भएकोले घटबढ हुन सक्छ ।

चितवनमा २३ वटा स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउँदै आएका छन् । माथिको उल्लेखित तथ्यांक तिनै स्वास्थ्य संस्थाबाट वैधानिक रूपमा गराएका गर्भपतन हो । भरतपुर अस्पतालमा भने महिलाको स्वास्थ्य जटिलता वा कानूनले भने बमोजिमको अवस्थामा १२ हप्तामाथिको गर्भपतन पनि गराउने स्वीकृति रहेको छ ।

मुलुकी फौजदारी संहिता ऐनले १२ हप्तासम्मको गर्भपतनलाई कानून अनुसार वैध मानेको छ । भने स्वास्थ्यको जटिलताको अवस्थामा सूचीकृत संस्थाबाट १२ हप्तामाथिको गर्भपतन पनि गराउन सक्ने व्यवस्था छ । यद्यपि, गर्भपतनको लागि अनुमतिप्राप्त अस्पताल, डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी हुनुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖