गिरीबन्धु जग्गा प्रकरणमा विस्तारै अनुसन्धान सुरु हुन्छ : प्रधानमन्त्री

३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि अनुसन्धान गर्ने बताएका छन् ।

सम्पादकहरुसँग काठमाडौंमा गरेको छलफलमा उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो ।

टी इस्टेट्सको जग्गा बहुमुल्य जग्गा बेच्नका लागि कानुन संशोधन गरेको आरोप लाग्दै आएको छ ।

सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए । भ्रष्टाचार र सुशासनलाई प्राथमिकता दिने क्रममा नक्कली शरणार्थी र ललिता निवास प्रकरण बाटोमा भेटिएका र त्यसमा सरकारले काम गरिरहेको प्रचण्डले दाबी गरे ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।