महराको दाबी– ‘फलफूल व्यापारी’को आग्रहमा भन्सारमा फोन गरेको हुँ, सुनबारे थाहा छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका छन् । तर, सुन तस्करीमा संलग्न रहेको आरोप लागेका चिनियाँ नागरिक वाङसँग भने आफ्नो पुरानै सम्बन्ध रहेको उनको स्वीकारोक्ति छ ।

“वाङ भन्ने एकजना चिनियाँ मान्छे १०–१५ वर्षदेखि नेपालमै बस्छन् । उनी नेपाली पनि बोल्छन् । उनीसँग मेरो चिनजान करि १०–१२ वर्षदेखि भएको हो । उनी दाङ पनि आएका छन् । रोल्पासहित विभिन्न ठाउँमा हिँडेका पनि छन्,” मंगलबार दाङमा सञ्चारकर्मीसँग उनले भने ।

उनले आफूले वाङलाई सुन व्यापारीका रूपमा नभएर फलफूल व्यापारीका रूपमा चिनेको समेत दाबी गरेका छन् । साथै महराले वाङसँग आफ्नो टेलिफोन सम्पर्क नभएको बरु भेटेरे कुराकानी भएको बताएका छन् ।

“उनी फलफूल व्यापारी हुन् । मसँग टेलिफोन वार्ता पनि भएको होइन, मसँग भेटेर उनले सुनको कुरै गरेनन्,” उनले भने ।

महराका अनुसार चिनियाँ व्यापारी वाङले उनीसँग भन्सारमा रोकिएको विद्युतीय चुरोट छुटाउन सहयोग मागेका थिए । तर, आफूलाई वाङले सुनबारे कुनै जानकारी नदिएको महराको दाबी छ । महराले आफूले भन्सारमा कर्मचारीलाई कानुनीरूपमा भित्रिएको सामान भए छाडिदिन आग्रह गरेको पनि बताएका छन् ।

“सुनको ‘स’ पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट (भेप)को सामान आएको छ, भन्सारमा भने । मैले इलिगल (गैरकानुनी) सामान होला भनेँ । उनले होइन भनेँ । त्यसपछि मैले भन्सारका साथीहरूसँग कुराकानी गरेर यो रोक्नुपर्ने हो भने रोक्नुहोस्, छोड्नुपर्ने हो भने छोडिदिनुहोस्, लिलाम गर्नुपर्ने हो भने लिलाम गर्नुहोस्, जे गर्नुपर्ने हो कानुनअनुसार गर्नू भनेँ । मैले यति हो भनेको छ,” महराले भने ।

सुन तस्करी प्रकरणमा महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । उनीहरूलाई छानबिनको दायरमा ल्याउनुपर्ने माग उठिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।