तामा खानुहुन्छ ? यस्तो छ तामा खाँदा हुने फाइदा!

एजेन्सी । गाउँघरमा सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो तामा । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए पनि हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ,तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न । अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिँदैन । न सिंचाई गर्नुपर्ने, यो जता–ततै सजिलै हुर्कने वनस्पति हो ।

वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ ।अब कुरा गरौं, बाँसको टुसाको । टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।

images
images
तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ । स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

औषधिको रुपमा
बाँसको तामामा औषधिय गुण हुन्छ । यसलाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ । लगभग २ हजार बर्षदेखि पारम्परिक चिनियाँ औषधिय सामाग्रीको रुपमा प्रयोग गरिदै आएको पाइन्छ । तिब्बती चिकित्सा पद्धतीमा यसलाई ‘तबाशीर’ वा ‘तवाशीर’ भनिन्छ । भारतिय पारम्परिक चिकित्सा पद्धतीमा बाँसको तामामा पाइने प्राकृतिक क्याल्सियमलाई ‘वंशलोचन’ भन्ने गरिन्छ ।आधुनिक शोधमा के पाइएको छ भने, बाँसको तामाबाट केही स्वास्थ्य लाभ मिल्छ ।

यसमा भएको पाइने एमिनो एसिडमा उचाई बढाउने, गर्भाशय स्वास्थ राख्ने गुण हुन्छ । बाँसमा युटरोटोनिक नामको तत्व पाइन्छ, जो गर्भाशयको संकुचन बढाउन उपयोगी हुन्छ ।यसमा पाइने भिटामिन इले छालालाई स्वास्थ राख्न मद्दत गर्छ । भिटामिन ईले हाम्रो लागि एक एन्टिअक्सिडेन्टको काम गर्छ । यसले छालाको कोशिलाई फ्री रेडिकल्सको प्रभावबाट बचाउँछ ।

पोषक तत्व
बाँसको तामामा भिटामिन, खनिज पदार्थ, प्रोटिन र अरु केही प्रकारका एन्टिअक्सिडेन्टको राम्रो मात्रा पाइन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । साथै यसमा हुने फाइटोन्यूट्रिएन्ट्सले हृदयको कार्यप्रणालीलाई राम्रो बनाउँछ ।

एक अध्ययन अनुसार बाँसको तामामा पाइने फाइटोस्टेरोल्स र फाइटोन्यूट्रिएन्ट्सले शरीरको खराब कोलेस्ट्रोल क मगर्न मद्दत गर्छ । यसका साथै बाँसको तामा पोटेशियम हुन्छ, जसले रक्त प्रवाह एवं हृदयको गति सन्तुलित राख्न मद्दत गर्छ । समग्रमा, बाँस बहुउपयोगी वनस्पति हो भने बहुगुणी पनि ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।