तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ विगो र त्यति नै जरिवाना हुने आदेश भएको छ ।

अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा चारवटा मुद्दा लगाएको थियो । अनि नक्कली बील बनाई रकम दुरुपयोग गरेको आरोपमा पाँचौं मुद्दा दायर भएको थियो । यी सबै मुद्दा एकै दिन दायर भएका थिए ।

महिला सम्बन्धी मुद्दा लगाइदिन्छु भनी धम्क्याएर प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीबाट घुस लिएको अख्तियारको आरोप थियो । चारमध्ये पहिलोमा ३५ हजार, दोस्रोमा ९० हजार विगो माग दाबी थियो ।

डेढ लाख मागेर ५० हजार रुपैयाँ घुस लिएको आरोपमा तेस्रो मुद्दा दायर भएको थियो ।

चौथो मुद्दामा चार लाख विगो माग दाबी छ । चार लाखमध्ये माछापुछ्रे बैंकमा नै राखेको २ लाख जफत गर्न र बाँकी २ लाख असुल्न पनि अख्तियारले माग गरेको थियो ।

दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले कार्यालयमा बसेर फिल्डमा खटिएको भनी भत्ता लिएका थिए । उनले लिएको ७७ हजार ६०० रुपैयाँ भत्ता पनि भ्रष्टाचारमार्फत आर्जन भएको अख्तियारको दाबी थियो । कार्यालयमा बसेर विभिन्न निर्णय गरेकै दिन उनले अनुगमन खटिएको भनी भ्रमणभत्ता बुझेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।