खुल्यो जग्गाको कित्ताकाट , साढे दुई आनासम्म टुक्रा गर्न पाइने

काठमाडौं । जग्गाको कित्ताकाट खुलेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ संशोधन गरेसँगै कित्ताकाट खुलेको हो ।

भुउपयोग नियमावलीमा रहेको कडा प्रावधानका कारण जग्गाको कित्ताकाट रोकिँदा राजश्व संकलनमा असर परेपछि सरकारले नियमावलीलाई संशोधन गर्दै खुकुलो बनाएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठका अनुसार अब आवासीय र व्यापारिका जग्गा न्युनतम ८० वर्गमिटर अर्थात् साढे दुई आनासम्म टुक्रा गर्न पाइने भएको छ।

नियमावलीले न्यूनतम १३० वर्गमिटरको प्रावधान राख्दा जग्गाको सबै कित्ताकाट रोकिएका थिए। खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट पाइने भएको छ। यसअघि कृषि जमिन उपत्यकामा ५ सय वर्गमिटर र तराई र भित्री मधेसमा ६७५ वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो । सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।