खोलाको स्ल्याब हटाउँदा मानव जीवन नै जोखिममा :मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सामाखुशी क्षेत्रमा काठमाडौं महानगरपालिकाले खोला छोपिएको स्ल्याब हटाउँदा सर्वसाधारणको जीवन नै जोखिममा परेको बताएको छ ।

मंगलबार आयोगले एक विज्ञप्ति जारी गरी मध्य वर्षातको समयमा हतारमा स्ल्याब हटाउँदा दुर्गन्ध फैलिएर जनजीवन अस्तव्यस्त भएको, स्थानीय बासिन्दा र बालबालिका खोलामा खस्ने जोखिम बढेको, ढलमिश्रित बाढीको कारण हैजा वा सङ्क्रामक रोग फैलिने सम्भावना बढेको जनाएको हो ।

‘मध्य वर्षातको समयमा हतारमा स्ल्याब हटाउँदा ढल मिश्रित बाढीको कारण हैजा वा सङ्क्रामक रोगहरु फैलिन सक्ने सम्भावना समेत रहेको, सो क्षेत्रमा दुर्गन्ध फैलिएर जनजीवन अस्तव्यस्त भएको, र आवतजावत गर्ने क्रममा बालबालिका वा स्थानीय नागरिकहरू समेत खोलामा खस्नसक्ने जोखिम उत्तिकै रहेको देखिएको छ’, आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले खोलाको स्ल्याब हटाएको क्षेत्रको स्थलगत अवलोकन समेत गरेको छ । त्यस क्रममा खोला आसपासका घरको जगमा समेत असर परेको, स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको, खोला किनारमा बसोबास गर्ने अति विपन्न र सहाराविहीन ज्येष्ठ नागरिकको जीवनयापनमा कठिनाइ भएको पाइएको आयोगले जनाएको छ ।

आयोगले नागरिकहरुको स्वास्थ्य, सुरक्षित बसोबास एवं स्वच्छ वातावरणको अधिकारको सम्मान गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । त्यस्तै मानव बस्तीमा विकास निर्माणका काम गर्दा ठोस योजना र कार्यक्रम सहित गर्न, योजना कार्यान्वयन गर्दा नागरिकमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणमा ध्यान दिन, नागरिकको सम्पत्ति लिनुपरे प्रचलित कानुन, कार्यविधि र प्रक्रिया पूरा गर्न पनि आयोगले आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।