चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारसँग कुरा गरेको हुँ : महरा

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले विद्युतीय चुरोट (भेप) मा सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताएका छन् ।

मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलन गरी उनले तर आफूलाई भन्सारमा रोकिएको सो सामान सुन भएको थाहा नभएको प्रष्टीकरण दिएका छन् । भेपमा लुकाएर सुन तस्करी प्रकरणमा आरोपित चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उनका छोरा राहुलसँग पटक पटक संवाद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रतिवेदन दिएको थियो ।

महराले वाङसँग १०/१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताए । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल …। उनको एकजना साथीले त्यो सुन ….। सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो’, महराले भने ।

उनले अगाडि भने, ‘मैले के भनेँ भने केही इलिगल सामान होला भनेँ । इलिगल होइन, लिगल हो भने के प्रोब्लम हो, त्यसकारण मैले भन्सारका साथीहरुसँग कुरा गरेर लिगल सामान हो भने समस्या के पर्‍यो, कानुन अनुसार काम गर्नुहोला अथवा के गर्नुपर्छ रोक्नुपरे रोक्नु, छोड्नुपरे छोड्नु, लिलाम गर्नुपरे लिलाम गर्नु, जे गर्नुपर्ने कानुन अनुसार गर्नु, यत्ति हो भएको ।’

भेपमा राखेर सुन तस्करी प्रकरणको अनुसन्धानपछि सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महरा र उनका छोरा राहुलको नाम उल्लेख गरे पनि उनीहरुलाई प्रतिवादी बनाइएको थिएन । प्रहरीले महरा र उनको छोराको नाम उल्लेख गर्दा पनि सरकारले उनीहरुमाथि अनुसन्धान गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

आफूले प्रहरीलाई अनुसन्धानमा सहयोग गर्छु भनिरहेको तर अहिलेसम्म नबोलाएको महराले बताए । ‘मैले त भनेको छु, मेरो वक्तव्यमा पनि, कुनै पनि छानबिनको निमित्त तयार छु भनेकै छु । मलाई बोलाउन म त अनुसन्धानका लागि के गर्न पर्छ तयार छु, खै त बोलाउदैन । अनुसन्धानका निमित्त म भाग्ने कुरै छैन’ महराले भने ।

आफू पार्टी कार्यक्रमका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै आग्रहमा दाङ आएको महराले बताए । ‘म त अहिले नै जान सक्छु’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।