के वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? आँखा पाक्ने रोगको लक्षण भए फर्काइदिन सक्छन् एयरलाइन्सले

काठमाण्डौ – तपाईँ रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? यदि आजभोलि नै विदेश उड्ने टिकट छ भने आफूमा आँखा पाक्ने रोग नभएको कागजात पनि साथमा बोक्नुहोस् ।

किनकि पछिल्लो समय नेपालमा फैलिएको आँखा पाक्ने रोगका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ भने कतिपय एयरलाइन्सले पनि आफूमा आँखा पाक्ने कुनै पनि रोग नभएको भन्ने प्रमाणित हुने कागज साथमा बोक्ने सूचना जारी गर्न थालेका छन् ।

आँखा पाकेको बिरामी भएका यात्रुलाई विमानस्थलबाट विभिन्न एयरलाइन्सहरूले फकाइदिन समेत थालेका छन् । तर विमानस्थलले भने आँखा पाकेका बिरामी यात्रुलाई यात्रा गर्न दिने या नदिने भन्ने बारे निश्चित मापदण्ड भने नबनाएको तर एयरलाइन्सहरूले यात्रुको अवस्था हेरेर सम्झाइ बुझाइ फर्काएको हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो ।

‘यो रोग तीव्र रूपमा फैलिएको हुँदा कोही यात्रुमा पनि सङ्क्रमण भयो भने पक्कै पनि निको नभई त यात्रा गर्नु हुन्न नै होला तर यदि टिकट नै काटेको थियो र विमानस्थल आएपछि एयरलाइन्सले फर्काएको हो भनेर हामीलाई गुनासो गर्नुभएको छैन’ प्रवक्ता झाले भन्नुभयो ‘यदि तपाईँको आँखा कुनै समस्या छ भने चाहिँ डाक्टरकोबाट यो आँखा पाक्ने सरुवा रोग होइन भन्ने खालको कागज लिएर यात्रा गर्नुभयो भने सहज हुन्छ ।’

नेपाल एयरलाइन्सले यात्रुहरूलाई सचेत हुन र आँखा रातो हुने सम्बन्धी कुनै समस्या भएमा डाक्टरलाई देखाई ‘फिट टु फ्लाई’ प्रमाणपत्र लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । तर आँखा पाक्ने रोग सम्बन्धी कुनै पनि लक्षण नभएका यात्रुले भने यस्तो प्रमाणपत्र देखाउन पर्दैन ।

प्रवक्ता झा भन्नुहुन्छ ‘एक जना यात्रुको कारण अरू सबै यात्रु र क्याबिन क्रुसहित पाइलटलाई नै सर्ने सम्भावना भएकाले एयरलाइन्सहरूले सावधानी अपनाउनै पर्छ, त्यसकारण तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिएर यात्रा गर्नुहोस्, कुनै लक्षण छ भने जाँच गर्नुहोस्, आँखा पाक्ने रोग अर्थात् कन्जन्टिभाइटिस भाइरस नभएको पुष्टि भएमा यात्रा गर्न पाइन्छ समस्या हुँदैन ।’

पछिल्लो समय देश भरी नै आँखा पाक्ने रोग फैलिइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖