एमालेको कार्यक्रममा अध्यक्षको मात्र फोटो प्रयोग गरिने

काठमाडौं । नेकपा (एमाले)को सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अरू नेताको फोटो प्रयोग नगरिने भएको छ ।

पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको एमाले उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी निर्णय परिपत्रमार्फत पठाइने उनले उल्लेख गरेका छन् ।

रिमालका अनुसार कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अरू फोटो प्रयोग नगर्ने निर्णय गरिएको हो ।

यस्तै, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथिलगायत व्यक्तिलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन पार्टीपंक्तिलाई निर्देशन दिइने रिमालले जनाएका छन् ।

आसनग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने नीति एमालेले लिएको छ ।

एमाले अध्यक्ष ओलीले पनि आसनग्रहणलगायत विषयमा निर्णय गरिएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।