सन्दीपको मुद्दामा आज पनि भएन अन्तिम बहस

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ बिहीबार पनि भएन।

काठमाडौं जिल्ला अदालतमा आज न्यायाधीश राजुकुमार खतिवडाको इजालासमा परेको उक्त मुद्दामा न्यायाधीश खतिवडाले आमाको जन्ममिति दुई खालक देखिएको भन्दै प्रमाणीकरण गर्ने आदेश दिएका हुन्।

यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो। तर फेरि एकपटक अदालत उमेर प्रमाणीकरणमा नै रुमलिएको छ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक-पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि नभएको हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖