वंशजको नेपाली नागरिकतालाई निरन्तरता दिन गैर आवासीय नेपाली संघ युकेको माग

काठमाडौं । गैर आवासीय नेपाली संघ युकेले वंशजको आधारमा नेपाली नागरिकता पाएका गैर आवासीय नेपालीको नागरिकतालाई निरन्तरता दिन माग गरेको छ ।

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उहाँको सिंहदरबार स्थित कार्यकक्षमा बिहीबार ज्ञापन पत्र बुझाउँदै गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले वंशजका नेपाली नागरिकलाई सधैँका लागि नेपाली नै रहिरहन दिन नेपालको नागरिकता ऐन २०६३को दफा १० संशोधन गर्न माग गरेका हुन्।

‘आर्थिक तथा अन्य कारणले देश छाडेका गैर अवासीय नेपालीहरू वंशज नागरिकका रूपमा बिदेशीएका नेपाली भएकाले उनीहरूको नेपाली वंश, परम्परा, भेषभूषा, भाषा संस्कृति, समाज, नेपाल र नेपालीसँगको नातालाई चुँडाउने कार्य दीर्घकालिनरुपमा नेपाल र नेपालीको हितमा छैन’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा नागरिकता ऐन २०६३ को दफा १० को साबिक व्यवस्थाले नेपालीको साबिकमा रहेको नागरिकता खोसेर सधैँका लागि गैर नेपाली बन्न बाध्य बनाउने उल्लेख गर्दै साबिकको व्यवस्था संशोधन गरी नेपाली नागरिकतालाई निरन्तरता दिन माग गरिएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ ।

अध्यक्ष तिमिल्सिनाले ज्ञापन पत्र बुझ्दै नागरिकता ऐन संशोधन राजनैतिक दलहरूको सहमतिका आधारमा हुन सक्ने भएकाले त्यसका लागि पहल गर्न गैर आवासीय नेपालीहरू सुझाव दिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।