ललिता निवास प्रकरण -भट्टराई र नेपालसँग छैन सोधपुछसम्मको पनि तयारी

काठमाडौं। ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

सीआईबी स्रोतका अनुसार प्रतिवेदन तयारीको अन्तिम काम भइरहेको छ। यता काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले शुक्रवार प्रतिवेदन बुझाउने जानकारी गराएको जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले भने, ‘ सीआईबीले शुक्रवारसम्म प्रतिवेदन बुझाउने भन्ने कुरा गरेको छ। हामी फाइल कुरिरहेको छौँ ।’

सीआईबीले असार १२ गते ७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेकामध्ये ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए। सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो।

संगठित अपराधमा पक्राउ गरेको ६० दिनभित्र अदालतमा अभियोग पत्र दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। त्यसअनुसार भदौ ८ गते भित्र अभियोग पत्र दर्ता भइसक्नुपर्ने छ। जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्छ।

सीआईबीले प्रस्तावित रायसहित प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ। त्यसमा क(कसलाई के के मुद्दा चलाउनु पर्ने हो, पक्राउ परेकामध्ये कसैलाई मुद्दा चलाउनुपर्ने हो होइन भन्ने लगायत राय लेख्ने छ। प्रहरीले मुद्दा बुझाउने अन्तिम तयारी भइरहँदा तत्कालीन प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपालसम्म सोधपुछसम्मको पनि तयारी छैन।

यसअघि सर्वोच्च अदालतले सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने तत्कालीन मन्त्री परिषद्लाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो। त्यसपछि तत्कालीन मुख्य सचिव लीलामणि पौडेलसँग सीआईबीले सोधपुछ कागज गरेको थियो।

ललिता निवासको एक सय ४२ भन्दा बढी रोपनी जग्गा व्यक्तिको नाममा गएका विभिन्न मितिका निर्णयका आधारमा सीआईबीले चारवटा फरक मुद्दामा अनुसन्धान गरेको छ। nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।