फैसला पेसी छल्दै गौशाला-२६ की मुख्य वकिल नै किन लागिन् भालुवाङतिर ?

काठमाडौं । फैसला चरणमा पुगेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनवाइ हुन सकेन । गौशाला २६ कि आमाको जन्ममिति पनि दोहोरो देखिएको भन्दै न्यायाधीशले फैसलालाई धकेलिदिएका छन् ।

आजको सुनवाइमा गौशालाका कानून व्यवसायीहरु केही दवावमा थिए । उनीहरुको टोलीकी मुख्य वकिल प्राडा डा. शशी अधिकारी नै अदालतमा उपस्थिति थिइनन् । फैसला पेशी छल्दै उनी काठमाडौंबाहिर पुगेकी हुन् । यता, सन्दीपका वकिलहरु भने आत्मविश्वासी देखिएका थिए ।

फैसला पेसी तोकिएको दिन बिहानै भालुवाङबाट सामाजिक सञ्जालमा अधिकारीको तस्बिर पोस्ट भएको थियो । निकट स्रोतका अनुसार उनी त्यहाँ कुनै सेमिनारमा भाग लिन गएकी हुन् । जबकि सन्दीपको मुद्दाको सुनवाइ आज हुने पहिल्यै तय भइसकेको थियो ।

गौशालाको तर्फबाट बहस गरिरहेकी निजी वकिल हुन् डा. अधिकारी । तर, यति महत्वपूर्ण मुद्दाको नेतत्व गरिरहेकी उनी फैसलाको सुनवाइ नै हापेर उनी काठमाडौंबाहिर किन गइन् ? गएको भए पनि किन आज फर्किनन् ? यसलाई अर्थपूर्णरुपमा हेरिएको छ । अझ रोचक के भने उनले गौशालालाई आफू जरुरी कामले विदेश जान लागेको बताएकी थिइन् ।

गौशालाको तर्फबाट एक सरकारी वकिलसहित आधा दर्जन जति निजी वकिलहरू छन् । स्रोतका अनुसार सुनिता रेग्मी, शान्ति काफ्ले, प्रतिमा भट्टराई, लेखनाथ भट्टराईलगायत वकिलहरू गौशालाको तर्फबाट बहस गर्नेछन् । सन्दीपको तर्फबाट भने ८ जना वकिलहरूले बहसको तयारी गरेका थिए ।

नेपाल प्रेससँगको कुराकानीमा अधिकारीले जरुरी काम परेर उपत्यका बाहिर आएको बताइन् ।‘म अहिले जिल्ला तिरै छु । अफिसियल कामको सिलसिलामा आएको हुँ । यो सेड्यूल पहिल्यै फिक्स भएको थियो । टिमको साथीहरूलाई म उपस्थित हुन सक्दिनँ भनेर जानकारी गराएको थिएँ,’ उनले भनिन् ।

आफू अब ४–५ दिनपछि मात्रै फर्किने डा. अधिकारीले बताएकी छन् । यदि आज सुनवाइ सुरु भएको भए उनले यो मुद्दामा अन्तिम बहस गर्न पाउने थिइनन् । अब अर्को पेसी तोकिँदा उनी उपलब्ध हुन्छिन् वा हुन्नन् भन्ने स्पष्ट भएको छैन ।

डा. अधिकारी महिला एनजीओ फेडेरेसनको अध्यक्ष पनि हुन् । उनी ल क्याम्पसमा अध्यापनसमेत गर्छिन् । विगतमा उनले लिगल एड एन्ड कन्सल्टेन्सी सेन्टर (एलएसीसी) को अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । अधिकारीले महिला हिंसाका घटना निःशुल्क कानूनी परामर्श र सेवासमेत प्रदान गर्छिन् ।

सन्दीपविरुद्धको मुद्दामा आज जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । सन्दीपका वकिलहरु जसरी पनि आज सुनुवाइ हुनुपर्ने बताइरहेका थिए । उनीहरु सन्दीप निर्दोष सावित हुनेमा निश्चिन्त देखिन्थे ।

सन्दीपका एक वकिलको भनाइमा उनको निर्दोषिता पुष्टि गर्ने यथेष्ट प्रमाणहरू पेश भइसकेका छन् ।
‘न जाहेरीकर्ता नाबालिग हुन्, न जबरजस्ती करणी भएको हो,’ उनले भने, ‘हामीले आफ्ना दलिलहरू पुष्टि हुने पर्याप्त प्रमाणहरू दिइसकेका छौँ ।’

तर, अस्पतालले दिएको कागजात नै विवादित भन्ने कुराहरू आइरहेका छन् नि भन्ने प्रश्नमा उनले जवाफ दियो, ‘त्यो फैसला प्रभावित गर्ने हेतु सुनवाइको एक दिनअघि रचिएको प्रपोगाण्डा मात्रै हो । जाहेरीकर्ताले बयानमा जुन अस्पतालमा जन्मेको बताएकी छन्, त्यही अस्पतालले दिएको रिपोर्ट कसरी झूटो हुन्छ ? फेरि हामीसँग यो मात्र होइन, अनेक कागजात छन् । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।